काठमाण्डाैं । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा निर्माण भएको चमेलिया जलविद्युत् आयोजनाले १५ मेगावाट विद्युत् उत्पादन सुरु गरेको छ ।
करिब १६ अर्ब रुपैयाँको लागतमा ३० मेघावाट क्षमताकोे विद्युत गृहमा दुईमध्ये एउटा युनिटबाट उत्पादन शुरु गरेसँगै १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिनु भयो ।
सन् २००७ मा पाँच वर्षमा सम्पन्न हुने गरी शुरु भएको बहुचर्चित चमेलिया विद्युत् आयोजना विभिन्न कारणले ढिलाई भएको हो । नेपाल विद्युत् प्राधिकरणले चमेलियाको विजुली माघ ४ गतेदेखि केन्द्रीय प्रशारण लाइनमा जोड्ने तालिका बनाएको थियो । तर चार दिनअघि नै विद्युत् उत्पादन शुरु भएको हो ।
Facebook Comments Box