काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७४ सालको असार महिनामा सञ्चालित कक्षा ११ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
बोर्डले ११ कक्षाको नियमिततर्फको नतिजा शनिवार सार्वजनिक गरेको हो । बोर्डको शनिवार बसेको बैठकले गरेको निर्णय अनुसार नतिजा सार्वजनिक गरिएको हो ।
कक्षा ११ को परीक्षामा नियमिततर्फ ३ लाख ४७ हजार ७ सय ४८ परीक्षार्थी सहभागी भएका थिए ।
बोर्डले केही समयपछि नतिजा इन्टरनेटमा सार्वजनिक गर्ने जनाएको छ । नतिजा सार्वजनिक भएपछि राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट http://www.neb.gov.np/results मा लगइन गरेर हेर्न सकिने छ । यस्तै नेपाल टेलिमकको वेवसाइट http://neb.ntc.net.np/ मा लगइन गरेर पनि परीक्षाको नतिजा हेर्न सकिने छ ।
Facebook Comments Box