काठमाडौं,२९ पुस । राष्ट्रिय परीक्षा बोर्डले गत असारमा लिएको कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
नतिजा सार्वजनिक गर्नका लागि बोर्डको बैठक बस्दै छ । नतिजा सार्वजनिक गर्न अपरान्ह तीन बजे बोर्ड बैठक बोलाइएको छ । परीक्षाको नतिजा ग्रेडिङ्मा सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।
नतिजा विषयत ग्रेड मात्रै दिने भएको छ । विद्यार्थीको ग्रेड सीटमा कुनै विषयमा डी प्लस वा त्यो भन्दा तल्लो तहले मौका परीक्षा दिन पाउने व्यवस्था गर्दैछ ।
एक भन्दा बढी विषयमा डी प्लस भन्दा कम छ भने अर्को वर्षको परीक्षा कुर्नु पर्ने हुन्छ । चार लाख ४९ हजार ५४ विद्यार्थीले परीक्षा दिएका छन् ।
Facebook Comments Box