काठमाडौँ । नेपाल मगर संघले आगामी माघ १ गते आफ्नो समुदायको वेशभूषा तथा संस्कृतिलाई प्रवद्र्धन गर्न माघे सकराती महोत्सव भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने उक्त कार्यक्रममा माघे सकरातीमा लोपोन्मुख बन्दै गएका मगर समुदायका विभिन्न गीत, संगीत र सांस्कृतिक प्रस्तुतिसमेत गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलन गरी संघका अध्यक्ष नवीन रोका मगरले मानव सभ्यताको शुरुवातीदेखि नै मगर समुदायले माघे संक्रान्ति मनाउँदै आएको बताउँदै उनीहरुको सांस्कृतिक, सामाजिक विकास क्रमलाई महोत्सवमा चित्रण गरिने जानकारी दिनुभयो ।
Facebook Comments Box