काठमाण्डाैं । एक बालिकालाई यौन दुराचार गरेको आरोपमा सेनाका सेनानी पक्राउ परेका छन् । मेजर प्रभवबिक्रम शाहलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको हो ।
बुद्धनगरस्थित आफन्तको घरमा उनले १४ वर्षिय बालिकासँग अप्राकृतीक यौन गतिविधि गरेको पीडितका आफन्तले जनाएका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरले जर्बजस्तीकरणी मुद्दामा म्याद थप गरी उनीविरुद्ध अनुसन्धान अघि बढाएको छ ।
मेजर शाह हाल सैनिक हिरासतमा रहेको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिनु भयो ।
Facebook Comments Box