बनियानी । झापाको महिला जागरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला नेत्री कुन्तीदेवी बुढाथोकीको आज निधन भएको छ ।
आज बिहान निजी निवास भद्रपुर–८ मा ८८ वर्षको उमेरमा उहाँको निधन भएको हो । स्व बुढाथोकीले बहुदल आएपछि झापामा महिला जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्थानीय पत्रकार गोपाल गिरीले जानकारी दिनुभयो ।
कुन्तीदेवीका पिता रणकेशर बुढाथाेकी प्रजातान्त्रिक आन्दोलनका सेनानी हुनुहुन्थ्यो । रणकेशर नेपाली काँग्रेसमा आबद्ध हुनुहुन्थ्यो । कुन्तीदेवीका तीन छोरी छन् ।
Facebook Comments Box