काठमाडौं । अदालतको अवहेलना गरेको अभियोगमा पक्राउ परेका डा. गोविन्द केसीलाई आज पनि प्रहरी हिरासतमै राखिने भएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन घोषणा गरेका केसीलाई सोमवार प्रहरीले अन्सनस्थलबाटै पक्राउ गरेको थियो । उनलाई मंगलवार विहान ९ बजे सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो । सर्वोच्चमा मंगलवार बयान नसकिएको र अभियोगको छिनोफानो नभएको भन्दै केसीलाई आज पनि हिरासतमै राखिने महानगरीय प्रहरी स्रोतले जनाएको छ ।
अदालतको अवहेलनाको सम्बन्धमा केसीविरुद्ध परेको अवहेलना मुद्दाको पेशी न्यायाधीश ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा तोकिएको थियो ।
Facebook Comments Box