काठमाडौं । पूर्व सांसद तथा प्याब्सनका पूर्व अध्यक्ष डा. बाबुराम पोखरेलको निधन भएको छ । पोखरेलको आज बिहान निधन भएको हो । आज बिहान अचानक शौचालय जाने क्रममा लडेका पोखरेललाई नर्भिक अस्पताल लगिएको थियो ।
उहाँको अस्पतालमा उपचारकै क्रममा निधन भएको प्याब्सनका महासचिव राजेन्द्र बानियाले जानकारी दिनुभयो । पोखरेल स्वासप्रस्वास र मुटुसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
पोखरेल तत्कालिन संविधान सभा निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट समानुपातिक सभासद बन्नुभएको थियो । उहाँ २०६८ देखि ७० सम्म प्याव्सनको अध्यक्ष र हाल बरिष्ठ उपाध्यक्ष हुनुहुन्थो । पोखरेल मिनभवनस्थित भिएस निकेतन स्कुलका संस्थापक समेत हुनुहुन्छ ।
Facebook Comments Box