तालिबानी आक्रमणमा १४ नेपाली सुरक्षा गार्डको मृत्यु
काबुल (अफगानिस्तान) । तालिबानी आत्मघाती हमलाकारीले १४ जना नेपाली सुरक्षा गार्ड चढेको मिनिबसमा सोमवार आक्रमण गरेर हत्या गरेको कुरा अफगानिस्तानका गृहमन्त्रीले तथा एक अफगानी सुरक्षा अधिकारीले बताएका छन् ।

आक्रमणमा घाइते नेपालीहरुको काबुलस्थित अस्पतालमा उपचार हुँदै
हमलामा परी घाइते भएका एक नेपाली गार्डका अनुसार ती नेपाली सुरक्षा गार्डहरू आफू कार्यरत क्यानाडेली दूतावासतर्फ जाँदै थिए । हालैका दिनमा तालिबानले आक्रमणको शृंखला बढाएका छन् र यो त्यही शृंखलाको पछिल्लो घटना हो । यी आतंककारीले सरकारी कर्मचारी र अफगानी सुरक्षाकर्मीलाई राजधानी काबुल लगायत देशका विभिन्न भागमा आक्रमणको निशाना बनाउने गरेका छन् ।
अफगानिस्तानको उत्तरपूर्वी इलाकामा आजै एक मोटरसाइकलमा राखिएको बम विस्फोट भएर आठजना अफगानी सर्वसाधारणको मृत्यु भउको खबर पनि आएको छ । नेपाली सुरक्षा गार्डहरूको मारिएको बम हमलामा हमलावारले पैदल अवस्थामा मिनिबसमा आक्रमण गर्दा रहेको भनी काबुल शहरका प्रहरी प्रमुख अब्दुल रहमान रहिमीले बताए । ती गार्डहरले काम गर्ने विदेशी सुरक्षा कम्पनीका बारेमा उनले केही बताएनन् ।
अफगानी गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मारिउका सबै १४ जना नेपाली नागरिक भएको पुष्टि ग¥यो र यो आक्रमण आतंककारी आत्मघाती हमलावरले गरेको बतायो । विस्फोटमा परी नौजना घाइते भएको जसमा पाँच नेपाली र चार अफगानी नागरिक रहेको भनी मन्त्रालयले जानकारी दियो ।
आक्रमणमा परी घाइते भएका नेपाली सुरक्षा गार्ड अमृत रोकाया क्षेत्रीले एपीलाई बताएअनुसार उनीहरू क्यानाडेली दूतावास जाँदै गर्दा विस्फोटनमा परेका थिए ।
“धेरै मान्छे मरे,” क्षेत्रीले अस्पतालको ‘बेड’बाट भने । उनको शिरमा ब्यान्डेज लगाइएको छ । “मेरो परिवारलाई म ठीक छु, अब घर आउँछु भनी जानकारी गराउँछु,” उनले भने ।
नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौड्यालले नेपाल सरकार सोमवार भएको घटनाका बारेमा जानकार रहेको र घटनामा मृत्यु तथा घाइते भएका व्यक्तिको नाम पत्ता लगाउन जुटेको जानकारी दिए । अफगानिस्तानमा नेपालको राजदूतावास नभएकाले पाकिस्तानस्थित राजदूतावास मार्फत जानकारी लिने काम भइरहेको भनी उनले बताए ।
(द न्युयोर्क टाइम्सबाट )