काठमाडौं, असार ६ । अफगानिस्तानको गृहमन्त्रालयले काबुल आक्रमणमा १४ नेपाली कामदारको मृत्यु भएको पुष्टि गरेको दि न्यूयोर्क टाइम्सले जनाएको छ ।
अफगानी गृृह मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै आत्मघाती आक्रमणकारीले नेपाली सवार मिनिबसमा विस्फोट गराउँदा उनीहरुको मृत्यु भएको पुष्टि गरेको हो ।
मन्त्रालयले अरु ९ जना घाइते भएको समेत जनाइएको छ । ति मध्ये ५ नेपाली र ४ अफगानी रहेका छन् । अफगानी गृहमन्त्रालयले घटनाको निन्दा समेत गरेको छ ।यता नेपाल सरकार भने अझैं पनि मृत्यु भएको हो वा होइन भन्नेबारे स्पष्ट हुन सकेको छैन ।
परराष्ट्र मन्त्रालयले आत्मघाती विस्फोटमा नेपाली परेको सूचना प्राप्त भएको भन्दै यसबारे आधिकारिक रुपमा पुष्टि गर्ने प्रयास भइरहेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले नेपाली परेको बारे आफूहरुकहाँ सूचना आएको भन्दै त्यसको पुष्टिका लागि मन्त्रालय पाकिस्तानस्थित नेपाली दूताबास र अन्य च्यानलको माध्यमबाट बुझ्ने काम भइरहेको बताए ।
तस्वीर : रोयटर्स
