भद्रपुर । मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघले प्यानल नै जितेको छ । त्रिभुवन विश्वविद्यालयको झापाको एकमात्र आंगिक क्याम्पसमा गत फागुन १८ गते भएको निर्वाचनको मत गणना विवादका कारण ढिलो गरि शुरु भएको थियो ।
क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भुवन बुढाथाेकीले ३८३ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अखिलका मनाेज ताम्लीले २४६ मत प्राप्त गरे । सचिबमा नेविसंघका मिराज पाेखरेलले ३५५ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अखिलका बिनाेद भट्टराईले ३०४ मत ल्याए ।
काेषाध्यक्षमा नेविसंघकी सुहाङमा सुब्बा ३३९ मत ल्याइ विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी अखिलका कृतिका कार्कीले २६९ मत ल्याइन् । त्यस्तै सदस्यहरुमा पनि सबै नेपाल विद्यार्थी संघका उम्मेद्वार विजयी भएका छन् ।
Facebook Comments Box