भद्रपुर । मेची बहुमुखी क्याम्पस भद्रपुरको प्रमुखमा बासु न्यौपाने नियुक्त भएका छन् ।
उनलाई तीन महिनाका लागि त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले प्रमुखमा नियुक्त गरेको बताइएको छ ।
न्यौपाने २०५२ सालदेखि मेची बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन् ।
उनले सोमबार आफ्नो पदभार ग्रहण गरेका हुन् । यस अघिका प्रमुख उमानाथ ओलीको गत बैसाख २५ गते पदावधि समाप्त भएपछि न्यौपाने प्रमुखमा नियुक्त भएका हुन् ।
Facebook Comments Box