बिर्तामोड । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा झापामा सात वटा क्याम्पसको मतगणना सम्पन्न भएको छ ।
निर्वाचन सम्पन्न भएका नौमध्ये चार वटा क्याम्सपमा नेविसंघ, दुई वटामा अनेरास्ववियु र एक वटामा अखिल क्रान्तिकारीका उम्मेद्वार विजय भएका छन् । गौरीगञ्ज बहुमुखी क्याम्पसमा नेविसंघका देवकुमार ताजपुरिया, दुर्गा क्याम्पस गारमनीमा विनोद उप्रेती, कनकाई क्याम्पस बिर्तामोडमा सञ्जय राई, काँकरभिट्टा बहुमखी क्याम्पसमा सुरज सुवेदी सभापतिमा निर्वाचन भएका छन् ।
त्यस्तै, गौरादह बुहुमुखी क्याम्पसमा अनेरास्ववियुका कमल पौड्याल, त्रिदेव बहुमखी क्याम्पस चारआलीमा लक्ष्मीप्रसाद न्यौपाने सभापति विजयी भएका छन् भने देवी क्याम्पस बिर्तामोडमा अखिल क्रान्तिकारीका पदम खड्का सभापतिमा निर्वाचित भएका छन् ।
यता, मेची बहुमुखी क्याम्पसमा विवादका कारण आज बिहान १० बजेदेखि मतगणना हुने भनिए पनि यो समाचार तयार पार्दासम्म शुरु हुन सकेको छैन । दमक बहुमुखी क्याम्पसमा मतगणना जारी रहेको निर्वाचन समिति सदस्य हेमराज प्रसार्इंले जानकारी दिए ।