शान्तिनगर । झापा शान्तिनगर ५ गडिगाँउ स्थित श्री गडीगाउ माविको वाषीक अवसरमा आज विद्यालयले विभीन्न स्मृति कोषबाट विद्यार्थीलाई सम्मान गरेकोे छ । उक्त विद्यालयमा स्थापना भएको पुष्प पौड्याल स्मृति कोषबाट कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने छात्र तर्फ अर्पण लिम्बु र छात्रा तर्फबाट यामुना पौड्याललाई नगद जनही ९ हजार ५०० र प्रमाण पत्र सहित सम्मान गरिएको छ ।
त्यसैगरि गोविन्द गड्तौला स्मृति कोषबाट कक्षा ६ देखि १० सम्मका जेहेनदार विद्यार्थीका रुपमा छात्र तर्फबाट कक्षा १० का उत्सव निरौला र छात्रा तर्फबाट कक्षा ८ का जमुना राई नगद जनही २८ सय सार्थ प्रमाण पत्रद्धारा सम्मानित हुनुभएको छ । यता धर्मानन्द पौड्याल स्मृति कोषबाट कक्षा एकका फडिन्द्र चापागाइ, कक्षा दुईका लक्ष्मी चम्लगाई, कक्षा तीनका शुष्मा आले मगर, कक्षा चारका रुप नारायण कोइराला र कक्षा पाँचका अनिल विकलाई एक सेट तयारी पोषाक र प्रमाण पत्र सहित सम्मान गरिएको छ भने समाजसेवी थीरेन्द्र खतिवडाले आफ्ना दिवङ्गत भएका भाईहरु तथा सोही विद्यालयका पुर्व शिक्षक हरी प्रसाद खतिवडा र विष्णु प्रसाद खतिवडाको सम्झनामा विद्यालयका जेहेन्दार विद्यार्थी छात्र अनुप खनाल र गृष्मा राईलाई प्रमाण पत्र सहित सम्मान गरिएको विद्यालयका शिक्षक ज्ञानेन्द्र खतिवडाले जानकारी दिनुभएको छ ।
त्यसैगरि शान्तिनगर स्तरिय अन्तर मावि विद्यालय हाजीरी जवाफ प्रतियोगीतामा सहभागी भएका सात विद्यालयबाट श्री गडीगाउ मावि प्रथम भएको छ । श्री मावि बर्ने द्धित्तिय र श्री शान्ति आदर्श मावि तृतिय भएका छन । एता बर्ष उत्कृष्ट शिक्षकको रुपमा विद्यालयका शिक्षक युवराज बस्नेत घोषित हुनुभएको छ । उहालाई नगद सहित प्रमाण पत्रद्धारा सम्मान गरिएको हो ।वार्षीक कार्यक्रममै अन्तर क्लब सास्कृतिक कार्यक्रम पनि सम्पन्न भएको छ भने अन्तर फुटबल प्रतियोगीतामा मखमली क्लबलाई ट्राइबेकरमा ७ का विरुद्ध ८ गोल गर्दै गोदावरी क्लबले उपाधि उचालेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलमणी न्यौपानेको सभापतित्वमा भएको कार्यक्रमका जिल्ला शिक्षा कार्यलय झापाका विद्यालय निरिक्षक जानुका गुरागाँईको प्रमुख आतित्य रहेको थियो भने बुधबारेका स्रोत व्याक्ति सुर्य सापकोटको विशेष आथित्य रहेको थियो । विद्यालयका प्रधानाध्यापक घनश्याम आचार्यले स्वागत मन्तव्य राख्नुभएकोे कार्यक्रमको शिक्षक शम्भु प्रसाद पौड्याल र नेत्र पोख्रेलले गर्नुभएको थियो ।