झापा- झापाको शिवसत्ताक्षी नगरपालिका–१० माईधारका ३३ वर्षीय सरोज शर्माको हत्या आरोपित मामाभान्जा जेल चलान भएका छन् ।
झापा जिल्ला अदालतले हत्यामा संलग्न शिवसताक्षी –१० माईधारकै मामा २७ वर्षीय सुनिल शाह र उनका भान्जा २३ वर्षीय राहुल साहलाई बुधबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।
घटनामा संलग्न एकजना आरोपित भने अझै फरार नै रहेका छन् ।
मामाभान्जासहित एकजना भारतीय सरोजको हत्यामा संलग्न देखिएको बताए पनि प्रहरीले ती भारतीयलाई पक्राउ गर्न सकेको छैन । उनको पहिचान पनि खुलाइएको छैन ।
सरोजलाई सुन लुट्ने योजना बनाएर सुनिल र उनका भान्जा राहुलले गत कात्तिक ९ गते हत्या गरेका अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
हत्यापछि उनीहरूले सरोजको शव बिरिङ खोलाको पुलमुनि गाडेर गाडी चारआली जंगलमा जलाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Facebook Comments Box
