दुहागढी । झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयले बर्ष उत्कृष्ट आमाको रुपमा देवीमाया मगरलाई सम्मान गरेको छ । बिहिबार विद्यालयमा आयोजित आमाभेलाका बीच मगरलाई कार्यक्रमका प्रमुख अतिथि काँकरभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ति लोक बहादुर दाहालले फूलमाला, खादा र प्रशंसा पत्रबाट सम्मान गरेका थिए ।
सोही कार्यक्रमकाबीच लिला ठकुरीको अध्यक्षतामा विद्यालयको आमा समूहको समेत पुर्नगठन गरिएको थियो । पुर्नगठित ३७ सदस्यीय समूहको उपाध्यक्षमा सुमित्रा राजवंशी, सचिव मेनुका सुवेदी र कोषाध्यक्ष टुकमाया खड्का चयन भएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बाल क्लबका अध्यक्ष दिपेश राजवंशी, व्यवस्थापन समितिकी सदस्य कृष्ण कुमारी सुवेदी, प्रधानाध्यापक विश्व थापा, प्रमुख अतिथि दाहाल लगायतले शैक्षिक गुणस्तर अभिबृद्धिमा आमाहरुको योगदानको बारेमा चर्चा गरेका थिए ।