नयाँ दिल्ली । भारतीय वायुसेनाको मिग-२९ लडाकु विमान सोमबार आगरा नजिक दुर्घटनामा परेको छ।
भारतीय वायु सेनाले जारी गरेको विज्ञप्तिमा उक्त लडाकु विमान नियमित प्रशिक्षणका क्रममा दुर्घटनामा परेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘भारतीय वायु सेनाको एक मिग-२९ विमान आज नियमित प्रशिक्षण उडानको क्रममा विमानमा देखिएको खराबीको सामना गर्दै आगरा नजिक दुर्घटनाग्रस्त भयो।’
भारतीय वायु सेनाका अनुसार पाइलटको सावधानीका कारण कुनै मानवीय तथा भौतिक समपत्तिमा क्षति हुन पाएन।
वायु सेनाले भनेको छ, ‘दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्न आदेश दिइ सकिएको छ।’
Facebook Comments Box