काठमाडौं । भारतको उडिसा राज्यमा भएको भयानक रेल दुर्घटनामा परि २३३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा नौ सयभन्दा धेरै यात्रु घाइते भएका छन् ।
द हिन्दुस्तान टाइम्सले जनाएर अनुसार दुर्घटनामा परि घाइतेहरुको उद्धारकार्य शनिवार बिहानसम्म पनि जारी छ । उडिसा सरकारले दुर्घटनामा परेकाहरुको उद्धार कार्यमा खटिन मातहतका निकायलाई निर्देशन दिइसकेको छ भने शनिवारको सबै सार्वजनिक कार्यक्रम रद्ध गरिएको छ ।
द हिस्दुस्तान टाइम्सका अनुसार कोरोमण्डेल एक्सप्रेस उडिसाको बालासोर जिल्लामा मालबहाक रेलसँग ठोक्किएको थयो । त्यसपछि रेलको डिब्बा लिकबाट उछिट्टिएको थियो ।
Facebook Comments Box
