काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ्ग सुविधा प्रदान गरेको छ ।
बुधबार टेलिकमले एक सूचना जारी गर्दै नेपाल टेलिकमको सिम कार्डमा अन्तर्राष्ट्रिय रोमिङ्ग सुविधा पनि थपिएको जानकारी दिएको हो ।
विदेश भ्रमण गर्ने जो कोहीले पनि आफ्नो मोबाइल फोनमा रोमिङ्ग सेवाको प्रयोग गर्न सक्ने सूचनामा जनाइएको छ ।
सेवा प्रयोग गर्दै आएका सेवाग्राहीको उही मोबाईल फोन नम्बरमा विश्वभरका कुनै पनि ठाउँमाबाट कल गर्न वा प्राप्त गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ ।
यस बाहेक अतिरिक्त सेवाहरू पनि प्रयोग गर्न र अन्तर्राष्ट्रिय रोमिङ्गको सन्दर्भमा आउटबाउन्ड रोमिङ्ग र इनबाउन्ड रोमिङ्ग सेवा प्रयोग गर्न सकिने छ । यस्का लागि पोष्ट-भुक्तानका साथै पूर्व-भुक्तान ग्राहकहरूको लागि उपलब्ध रहेको पनि टेलिकमले जनाएको छ ।
Facebook Comments Box
