काठमाडौँ। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ ग्रहण गराएका हुन्।
शपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको छ।
पौडेलले शपथ ग्रहणपछि आजै पदभार सम्हाल्नेछन् भने भण्डारी विदाइ हुनेछिन्।
पौडेल गत २५ गते नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए।
Facebook Comments Box
