झापा- आगामी प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार तीव्र भइरहेका बेला झापाको चुनावी मैदानमा रहेका दुई नेताहरू बालेन्द्र शाह (बालेन) र राजेन्द्र लिङ्देन आज एउटै विमानबाट झापा पुगेका छन्।
काठमाडौंबाट यति एयरलाइन्सको उडानमार्फत चन्द्रगढी विमानस्थल ओर्लिएका उनीहरूबीचको ‘सरप्राइज’ भेट भएको थियो ।
काठमाडौंबाट सँगै आएका उनीहरूले विमानस्थलमा एकअर्कासँग हात मिलाएर छुट्टिएका थिए।
बालेन यस पटक झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दैछन् भने राजेन्द्र लिङ्देन आफ्नो पुरानो क्षेत्र झापा ३ बाटै चुनावी मैदानमा छन्।
रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका कारण पनि झापा ५ को भिडन्तलाई यस पटक देशैभरि ‘हाइ-प्रोफाइल’ प्रतिस्पर्धाको रूपमा हेरिएको छ।
विमानस्थलमा ओर्लिएलगत्तै दुवै नेता आ-आफ्नो निर्वाचन क्षेत्रतर्फ लागेका छन्।
