काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको छ ।
सेना दिवसका अवसरमा यस वर्ष सैनिक मञ्च टुँडिखेलमा विशिष्ट पाहुनाको उपस्थितिमा विविध सैनिक रण कौशलका अतिरिक्त एकैसाथ पाँच सय ५५ को सङ्ख्यामा मादल बजाएर सेनाले नयाँ कीर्तिमानी रेकर्ड कायम गर्ने तयारी गरेको छ ।
सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, सङ्गठन स्थापना दिवसका अवसरमा नयाँ कीर्तिमान कायम गर्ने कार्यक्रम रोचक, सभ्य र भव्य तुल्याउन आवश्यक तयारी सुरु भइसकेको छ ।
नेपाली मौलिक परम्परागत कला एवं संस्कृतिको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धनमा योगदान पुर्याउने हेतुले सेनाले यो कार्यक्रम गर्न लागेको हो । सैनिक सङ्गठनमा गीत, सङ्गीत र बाजागाजालाई अभिन्न अङ्गका रुपमा लिने गरिन्छ ।
Facebook Comments Box