काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।
शपथको तयारी लगायतका सन्दर्भमा छलफल गर्न संसदका महासचिव गौत्तमले सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन् । दलहरुको सहमतिका आधारमा शपथको मिति तय गरिने बताइएको छ।
निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई पुस ३ गते प्रमाणपत्र दिने तयारी गरेको छ। सबै प्रक्रियापछि निर्वाचितहरुमध्येबाट ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ गराइनेछ। त्यसपछि ज्येष्ठताका आधारमा उनले बाँकी २७४ जनालाई शपथ गराउनेछन्।
Facebook Comments Box