संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएका छन् ।
आफ्नो कार्यकाल पूरा नहुँदै सचिव घिमिरेले सचिवालयका महासचिव महासचिव भरतराज गौतमलाई राजीनामा पत्र बुझाएका हुन् ।
उक्त पत्र बुधबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको सचिवालय व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेको छ ।
घिमिरेले पारिवारिक कारण देखाउँदै राजीनामा दिएका हुन्।
Facebook Comments Box