सुर्खेत। जाजरकोटमा भएको जिप दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ।
जिल्लाको छेडागाड नगरपालिका–५ मा सोमबार बेलुका ४ बजेतिर भएको दुर्घटनामा जिपमा सवार ९ जनाको मृत्यु भएको छेडागाड–४ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए।
मृतकको सनाखत भइसकेको छैन। उनका अनुसार दुर्घटनामा ३ जना घाइते भएका छन्।
वडा नम्बर ४ स्थित खातीजेवामा भएको विवाहको जन्ती बोकेको कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जिप भीरपाटीमा दुर्घटनामा परेको हो।
Facebook Comments Box