काठमाडौं । आसन्न निर्वाचनका लागि मंसिर ४ गते आन्तरिक उडान बन्द हुने भएको छ ।
प्रतिनिधितथा प्रदेशसभा निर्वाचनका लागि उडान बन्द गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘एयरलाइन्सहरुले ४ गतेका लागि कुनै पनि टिकट नबेचेको जानकारी दिएका छन् । सो दिन सार्वजनिक यातायात पनि नचल्ने भएकाले आन्तरिक उडान बन्द गरिएको हो ।’ प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय उडान भने रोकिने छैन।
Facebook Comments Box