काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अल्मुताइरीले नेपाली फुटबल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारीबाट आफू अलग भएको घोषणा गरेका हुन्।
उनले आफूले ५२५ दिनसम्म नेपाली फुटबल टिमको प्रशिक्षक रहेको बताएका छन्। उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन्।
Facebook Comments Box