काठमाडौं । नायव सुब्बाहरूले आज बुधबार एक घण्टा पेन डाउन गर्ने भएका छन् ।
सरकारले असमान रुपमा तलबमान बढाएको भन्दै विरोधमा उत्रिएका नायब सुब्बा अर्थात नासुहरुले एक घण्टा पेन डाउन गर्ने भएका हुन् ।
आज बिहान १० बजेदेखि ११ बजेसम्म उनीहरूले पेन डाउन गर्ने भएका हुन् । त्यस्को सट्टा खाजा खाने समयमा पनि काम गर्ने उनीहरूले बताएका छन् ।
नासुहरुले मंगलबार बिदामा बसेर साङ्केतिक रुपमा सरकारको विरोध गरेका थिए ।
Facebook Comments Box