काठमाडौं। नेकपा माओवादी केन्द्रकी सांसद पूर्णाकुमारी सुवेदीले १० वर्षभन्दा कम उमेरको बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिइनुपर्ने बताएकी छन्।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले त्यसो गर्न नसकेको खण्डमा सजाय र जरिवानालाई निकै कडा बनाउनुपर्ने बताइन्।
उनले कानून बनाएपनि कार्यान्वयन फितलो हुने गरेको उल्लेख गर्दै कानून कार्यान्वयन हुनुपर्नेमा जोड दिइन्।
उनले भनिन्, ‘कानून बनाउँछौ, कार्यान्वयन फितलो हुने गरेको छ। दश वर्षभन्दा तलको बालिकाको हकमा बालिकाहरुलाई जर्बजस्ती बलात्कार गर्नेहरुलाई त मृत्युदण्ड दिनुपर्छ। मेरो व्यक्तिगत विचार। यो विषयमा कडा भन्दा कडा कानून हुनुपर्छ। कैद र जरिवाना दुवै राख्नुपर्छ। कडाभन्दा कडा सजाय
Facebook Comments Box