काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौंको फोहर व्यवस्थापनको दीर्घकालिन समाधान खोजिने बताएकी छिन् ।
शनिबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै डंगोलले तत्कालका लागि फोहर व्यवस्थापनका लागि सहमति भएपनि दीर्घकालिन समाधान खोजिने भन्दै विभिन्न योजनाहरु तयार भइरहेको बताइन् ।
उनले फोहरको स्रोतमा नै बिकेन्द्रीकृत गरेर, त्यही नै व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिन् । डंगोलले घरैबाट जैविक–अजैविक छुट्याइदिनपनि पनि आग्रह गरिन् ।
उनले फोहर व्यवस्थापनका गरेको प्रतिवद्धता पुरा गर्ने बताइन् ।
Facebook Comments Box