काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहले राजधानीको फोहोर विसर्जन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती १० बजेसम्म अनौपचारिक वार्ता गरेका थिए ।
वार्तामा स्थानीय दलका केही कार्यकर्ता र मेयर साहका सचिवालयका कर्मचारी मात्र थिए।
सरकारसँग वार्ताको विषयमा महत्त्वपूर्ण भूमिका खेलेका स्थानीय सङ्घर्ष समितिका संयोजक श्रीराम ढुङ्गानालाई बोलाइएको थिएन। एकतर्फी रूपमा केहीलाई मात्र बोलाएको भन्दै स्थानीय थप आक्रोशित भएका छन्।
स्थानीयले मेयर घोषणा भएपछि मेयर शाहले गरेका वाचा पूरा नगरेसम्म फोहोर विसर्जन गर्न नदिने अडान कायम राखेका छन्।