काठमाडौं । निर्वाचन आयोगले सरकारी दैनिक गोरखापत्रले निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गरेको छ।
उक्त अखबारले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ।
आयोगले सोमबार गोरखापत्रलाई एक स्पष्टीकरण सोध्दै भरतपुर महानगरपालिकामा थुप्रै उम्मेदवार भए पनि सत्तारुढ गठबन्धनकी मेयर पदकी उम्मेदवार रेनु दाहाललाई मात्र पत्रिकामा स्थान दिएको भन्दै स्पष्टीकरण सोधेको आयोगले जनाएको छ।
भरतपुरको मेयर पदका लागि सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीकी रेनु दाहाल उम्मेदवार छिन् भने नेपाली कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्।
एमालेले भरतपुरमा विजय सुवेदीलाई मेयर पदका लागि उम्मेदवार बनाएको छ।
Facebook Comments Box