काठमाडौं । सरकारले आइतबार नियुक्त गरेको प्रहरी महानिरीक्षक एआईजी धिरजप्रताप सिंहविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल अदालत गएका छन्।
उनले वारेसमार्फत दिन लागेको रिट सर्वोच्च अदालतमा पेश गरेको बताइएको छ।
आइतबार मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा एआईजी धिरजप्रताप सिंहलाई बढुवा गरेको थियो।
सिंह भन्दा वरिष्ठ एआईजी पोखरेलले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा अगाडि रहेको भन्दै आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग गर्दै उनी सर्वोच्चमा रिट लिएर गएका हुन्।
उनकाे रिट दर्ता भने भएकाे छैन।
Facebook Comments Box