काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ।
शुक्रबार बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। यसअघि जेठ १८ गतेदेखि हुने भनिए पनि आज बसेको बोर्डको बैठकले १६ गतेदेखि गर्ने निर्णय गरेको हो।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन्।
Facebook Comments Box