काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय पनि गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
अध्यक्ष शर्माका अनुसार, परीक्षाको तालिका छिट्टै सार्वजनिक गरिनेछ । परीक्षाको मोडालिटीका विषयमा भने निर्णय हुन बाँकी रहेको उनले बताए ।
कोरोनाका कारण पठनपाठन केही ढिला सुरु भएकाले परीक्षा पनि केही ढिलो गराउन लागिएको उनले बताए ।
Facebook Comments Box