झापा । झापाको बुद्धशान्ति गाउँपालिका क्षेत्रमा रहेका माध्यमिक विद्यालयमा शुक्रबारदेखि आमसञ्चार प्रवलीकरण कार्यक्रम शुरु भएको छ।
बुद्धशान्ति ७ मा रहेको राष्ट्रिय विजय माविमा उक्त कार्यक्रम शुरु भएको हो।
कार्यक्रमको शुरुआत वार्ड नं ७ का वडाध्यक्ष मात्रिका पौडेलले उद्घाटन गर्दै शुरु गरेका हुन्।
कार्यक्रमको सहजीकरण अग्रज पत्रकार उमाकान्त खनालले गरिरहेका छन्।
कार्यक्रममा डिजिटल विद्यार्थीलाई मिडियाको प्रयोग र दुरुपयोगबारे जानकारी दिइनेछ।
Facebook Comments Box