काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति असंवैधानिक भएको भन्दै विपक्षी गठबन्धनमा रहेका दलहरूले बदर गर्न माग गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक मञ्च सम्मिलित गठबन्धनको बैठकले मुख्यमन्त्रीको नियुक्ति बदर गर्न माग गरेको हो ।
बैठकले अल्पमतमा परेको सरकारले महत्त्वपूर्ण निर्णय नगर्न समेत माग गरेको छ ।
एमाले विभाजन भैसकेको अवस्थामा निर्वाचन आयोगले सांसदलाई दल रोज्न समय दिइसकेको बेला बहुमत छ भन्दै त्यसको परीक्षण नै नगरी मुख्यमन्त्री नियुक्ति गरेको भन्दै गठबन्धनले नियुक्ति बदरको माग गरेको हो ।
Facebook Comments Box