काठमाडौं। कक्षा १२ को परीक्षाको विषय स्थगित गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि बोर्डको बैठक बस्न लागेको हो । बैठक दिउँसो १२ बजे बस्ने बताइएको छ।
बोर्डले कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि ९ दिनसम्म गर्ने गरी तालिका सार्वजनिक गरेको थियो। तर स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेको भन्दै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि परीक्षाका सम्बन्धमा निर्णय लिन बैठक बस्न लागेको हो।
Facebook Comments Box