भद्रपुर। झापाको भद्रपुर १ मा रहेको हिमाली माध्यामिक विद्यालयका लागि सुविधासम्पन्न थप दुई तले भवन निर्माण हुने भएको छ।
बुधवार एक कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ र उपमेयर चन्द्रमाया श्रेष्ठले विद्यालयले निर्माण गर्न लागेको दुई तले नयाँ भवनको संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित ८ कोठे भवनको आज शिलान्यास गरिएको विद्यालयका प्रधानाध्यापक दीपक दाहालले जानकारी दिए।
भवन निर्माणका लागि ९५ लाख बजेट छुट्याइएको पनि प्रधानाध्यापक दाहालले बताए। भवन निर्माणको जिम्मा अच्युत कन्स्ट्रक्सन एण्ड सप्लायर्सले पाएको छ। नगरपालिकाले निर्माण कार्य सम्पन्
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमल श्रेष्ठको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा व्यवस्थापन समितिका सदस्यहरु, पि टि ए अध्यक्ष तथा सदस्यहरु, शिक्षक/कर्मचारी र स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
विसं २०२७ सालमा स्थापना भएको हिमाली मावि झापाका ८ नमूना विद्यालयमध्ये एक विद्यालयका हो।
९ कक्षासम्म अंग्रेजी माध्यममा पठन पाठन हुने गरेको विद्यालयमा केही वर्षयता कक्षा ९ देखि १२ सम्म प्राविधिक र व्यवासायिक दक्षताका लागि भन्दै प्राविधिक विषयको पनि पठन पाठन हुँदै आएको ।
विद्यालयमा सीमावर्ती भारतबाट पनि विद्यार्थीहरु आउने गरेका छन् ।