Author: खबरमञ्च

झापा- झापाको दमक नगरपालिकामा सञ्चालित एक थुक्पा फ्याक्ट्रीमा शुक्रबार बिहान भीषण आगलागी भएको छ। दमक नगरपालिका वडा नं. ९ क्याम्पस मोडस्थित पदम भण्डारीको घरमा सञ्चालित फ्याक्ट्रीमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। आज बिहान ९ः५० बजे पदम भण्डारीले आफ्नै तीनतले पक्की घरको पहिलो तलामा सञ्चालन गर्दै आएको स्वस्तिक थुक्पा फ्याक्ट्रीबाट अचानक आगो सल्किएको थियो। विद्युतीय प्रणालीमा आएको गडबडी (सर्ट सर्किट)का कारण आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी निरीक्षक योगेशकुमार खड्का र इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव निरीक्षक यज्ञ श्रेष्ठको कमाण्डमा टोली खटिएको थियो। सुरक्षाकर्मी, नगर प्रहरी र स्थानीय बासिन्दाको सक्रियता एवं…

Read More

झापा- पूर्वपश्चिम राजमार्गअन्तर्गत कन्काई पुलसहित विभिन्न स्थानमा शृङ्खलाबद्ध रूपमा बम राखेर सर्वसाधारणमा त्रास फैलाउने मुख्य आरोपी खगेन्द्र खरेल (सञ्जय) लाई प्रहरीले पक्राउ गरेको छ। झापा र सुनसरीका विभिन्न स्थानमा विस्फोटक पदार्थ राख्ने तथा विस्फोट गराउने कार्यमा संलग्न रहँदै आएका ५५ वर्षीय खरेललाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो। गएको पुस १९ गते बिहान कन्काई नगरपालिका–४ स्थित कन्काई पुलको उत्तरी भागमा प्रेसर कुकर बम फेला परेको थियो। उक्त शङ्कास्पद वस्तुलाई नेपाली सेनाको अरिदमन गणले निष्क्रिय पारेको थियो। घटनास्थलमा ‘सनातन सुरक्षा सेना नेपाल’को पर्चा समेत फेला परेको र अनुसन्धानका क्रममा झापाकै कन्काई–८ निवासी खरेलको संलग्नता देखिएपछि उनलाई पक्राउ…

Read More

झापा- झापाको बिर्तामोडमा दिउँसै घरको ढोका फोडेर लाखौं मूल्य बराबरको धनमाल चोरी भएको छ। बिर्तामोड नगरपालिका–३ स्थित कञ्चनजंघा टोलमा सृजना सिवाकोटीको घरलाई निशाना बनाउँदै चोरले करिब २२ लाख रुपैयाँ बराबरको सुनका गरगहना र मोबाइल लुटेर फरार भएका हुन्। घरमा कोही नभएको मौका छोपेर छतको ढोकाबाट भित्र छिरेका चोरले काठको दराजमा राखिएको ८ तोला सुन र एउटा सामसुङ मोबाइल चोरी गरेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरीले शंकास्पद व्यक्तिहरूको पहिचान र खोजी कार्यलाई तीव्रता दिएको छ। झापाकै दमकमा भने मोबाइल चोरी गरेर भाग्दै गरेका एक युवकलाई स्थानीयले रङ्गेहात पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन्। दमक नगरपालिका–८ बालुवाटारस्थित तरुल खेतीमा काम…

Read More

झापा- प्रशासनले तोकेको समयसीमा मिचेर रातभर डान्स बार सञ्चालन गर्ने व्यवसायीमाथि झापा प्रहरीले निगरानी बढाएको छ। यसैक्रममा गएराति बिर्तामोडका विभिन्न डान्स बारहरूमा छापा मारी प्रहरीले दुईजना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी सहायक निरीक्षक रबिन खड्काको नेतृत्वमा खटिएको टोलीले राति १२:३० बजे बजार क्षेत्रका बारहरूमा अनुगमन गरेको थियो। सो क्रममा ‘डीडब्लु डान्स बार’ र ‘द नाइट लाइफ डान्स बार’ तोकिएको समयभन्दा ढिला सम्म सञ्चालन भइरहेको फेला परेको थियो। प्रहरीले डीडब्लु डान्स बारका एकाउन्टेन्ट, मेचीनगर-२ का २३ वर्षीय संगित राजवंशी र द नाइट लाइफ डान्स बारका एकाउन्टेन्ट, सप्तरी गोलबजार-१ का २३ वर्षीय युगल चौधरीलाई नियन्त्रणमा लिएको छ। पक्राउ…

Read More

काठमाडौं- जेनजी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकसँग आज बयान लिँदैछ। गत भदौ २३ र २४ गते भएको घटनाको समयमा गृह प्रशासनको नेतृत्व सम्हालेका लेखकलाई सोधपुछका लागि आज दिउँसो १२ बजे आयोगको कार्यालयमा उपस्थित हुन भनिएको हो। आयोगले यसअघि नै पुस १३ गते उपस्थित हुन पत्र काटेको भए पनि लेखक आज (सोमबार) बयानका लागि जान लागेका हुन्। पूर्वगृहमन्त्री लेखकले यसबारे आफ्नो पार्टीलाई पूर्वजानकारी गराइसकेको उनको सचिवालयले जनाएको छ। आन्दोलनका क्रममा भएका घटना र सुरक्षा निकायको परिचालनका विषयमा आयोगले उनीसँग स्पष्टीकरण लिने बुझिएको छ। बयान सकिएलगत्तै लेखकले यसबारे सार्वजनिक रूपमा आफ्नो धारणा राख्ने तयारी…

Read More

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको सहमतिपछि सामाजिक संजालमार्फत आइतबार बिहान लामिछानेले शाहसँग सहमतिपत्रमा हस्ताक्षर गरेको तस्बिर राखेर लेखेका छन्, ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ ।’ लामिछाने र शाहबीच ७ बुँदे सहमति भएको छ । सहमति पत्रमा पार्टीको नेतृत्व लामिछानेको हुने र आगामी प्रधानमन्त्री उम्मेदवार शाह हुने उल्लेख गरिएको छ । शाहले रास्वपाको नाम, चुनाव चिह्न र नेतृत्व स्वीकार गरेका छन् भने फागुन २१ मा हुने निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार शाह हुने उल्लेख छ ।

Read More

काठमाडौँ- नेपालको वैकल्पिक राजनीतिले आज एक ऐतिहासिक र अप्रत्याशित मोड लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका लोकप्रिय प्रमुख बालेन्द्र शाह (बालेन) बीच ‘बृहत् एकता’ सम्बन्धी सात बुँदे सहमति भएको छ। आइतबार भएको यस सहमतिले आगामी आम निर्वाचनको राजनीतिक समीकरणलाई पूर्णतः बदल्ने संकेत गरेको छ। सहमति अनुसार पार्टीको साङ्गठनिक नेतृत्व रवि लामिछानेले नै सम्हाल्नेछन् भने राजकीय नेतृत्व अर्थात् आगामी प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिने भएको छ। यो शक्ति सन्तुलनले दुवै नेताका समर्थकहरूमा ठूलो उत्साह जगाएको छ। विगत लामो समयदेखि एकताको प्रयास भइरहे पनि गत…

Read More

झापा- झापाको भद्रपुरस्थित नेपाल– भारतको सीमा नाकामा एक अमेरिकी नागरिक पक्राउ परेका छन् । शुक्रबार दिउँसो १.३० बजे भद्रपुर नगरपालिका वडा नं.७ स्थित मेची पुल पारी सहायता कक्षमा सशस्त्र प्रहरी बलको ड्युटीले चेकजाँच गर्ने क्रममा अमेरिकन नागरिक ३६ वर्षीय मार्क एन्ड्रयु क्युटीलोस्कीलाई नियन्त्रणमा लिएको हो । भद्रपुर भन्सार नाका हुँदै भारततर्फ जान लागेका ती अमेरिकी नागरिकको नेपाल भ्रमणको भिषा म्याद समाप्त भएको विवरण देखिएको थियो । उनको भिषा, साथमा रहेको झोला तथा अन्य कागजपत्रहरुसहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि अध्यागमन कार्यालय काँकरभिट्टा बुझाइएको छ ।

Read More

झापा- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेर राजनीतिक वृत्तमा तरंग पैदा गरिदिएका छन्। झापा क्षेत्र नं. १ बाट एकल उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस भए तापनि उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफू चुनावी प्रतिस्पर्धाबाट बाहिर रहने निर्णय सुनाएका हुन्। शर्माले आफ्नो यो निर्णयका पछाडि पद र शक्तिमा टाँसिइरहने प्रवृत्तिको अन्त्य गर्ने मुख्य उद्देश्य रहेको बताएका छन्। “बाँचुन्जेल क्षेत्र कब्जा गर्ने र हारोस् कि जितोस्, सधैं उम्मेदवार बन्नैपर्ने जुन राजनीतिक संस्कार छ, त्यसलाई भत्काउन जरुरी छ,” उनले बैठकमा स्पष्ट पारे। लगातार तीन पटक उम्मेदवार बनिसकेको उल्लेख गर्दै उनले यसपटक नयाँ र युवा अनुहारलाई अवसर दिनुपर्नेमा जोड…

Read More

झापा- झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ स्थित सैनिकमोड क्षेत्रका होटलहरूमा अनैतिक क्रियाकलाप र यौन व्यवसाय हुने गरेको जनगुनासो बढेपछि प्रहरीले आफ्नो सक्रियता तीव्र पारेको छ। यसै सिलसिलामा बिहीबार साँझ इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको विशेष टोलीले स्थानीय ‘आसाम होटल एण्ड लज’ मा छापा मारेको थियो। चेकजाँचका क्रममा होटलको कम्पाउण्डभित्र शंकास्पद अवस्थामा फेला परेकी बिर्तामोड–७ निवासी करिब १८ वर्षीया युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकी युवतीलाई हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ भने उनका परिवार र आफन्तलाई सम्पर्क गरी जानकारी गराउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। सैनिकमोड क्षेत्र आँखा उपचारका लागि आउने भारतीय नागरिकहरूको बाक्लो आउजाउ हुने…

Read More