काठमाडौं- जेनजी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकसँग आज बयान लिँदैछ।
गत भदौ २३ र २४ गते भएको घटनाको समयमा गृह प्रशासनको नेतृत्व सम्हालेका लेखकलाई सोधपुछका लागि आज दिउँसो १२ बजे आयोगको कार्यालयमा उपस्थित हुन भनिएको हो।
आयोगले यसअघि नै पुस १३ गते उपस्थित हुन पत्र काटेको भए पनि लेखक आज (सोमबार) बयानका लागि जान लागेका हुन्।
पूर्वगृहमन्त्री लेखकले यसबारे आफ्नो पार्टीलाई पूर्वजानकारी गराइसकेको उनको सचिवालयले जनाएको छ।
आन्दोलनका क्रममा भएका घटना र सुरक्षा निकायको परिचालनका विषयमा आयोगले उनीसँग स्पष्टीकरण लिने बुझिएको छ।
बयान सकिएलगत्तै लेखकले यसबारे सार्वजनिक रूपमा आफ्नो धारणा राख्ने तयारी गरेका छन्।
Facebook Comments Box
