झापा- झापाको भद्रपुरस्थित नेपाल– भारतको सीमा नाकामा एक अमेरिकी नागरिक पक्राउ परेका छन् ।
शुक्रबार दिउँसो १.३० बजे भद्रपुर नगरपालिका वडा नं.७ स्थित मेची पुल पारी सहायता कक्षमा सशस्त्र प्रहरी बलको ड्युटीले चेकजाँच गर्ने क्रममा अमेरिकन नागरिक ३६ वर्षीय मार्क एन्ड्रयु क्युटीलोस्कीलाई नियन्त्रणमा लिएको हो ।
भद्रपुर भन्सार नाका हुँदै भारततर्फ जान लागेका ती अमेरिकी नागरिकको नेपाल भ्रमणको भिषा म्याद समाप्त भएको विवरण देखिएको थियो ।
उनको भिषा, साथमा रहेको झोला तथा अन्य कागजपत्रहरुसहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि अध्यागमन कार्यालय काँकरभिट्टा बुझाइएको छ ।
Facebook Comments Box
