Author: खबरमञ्च
काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरी पक्राउ परेका छन्। उनी आज बुधबार दिउँसो १ बजेतिर नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका हुन्। उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए। उनको आममाफीविरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले रेशमलाई तत्काल पक्राउ गरी थुना राख्न आदेश दिएकाले उनलाई पक्राउ गरिएको अधिकारीले बताए। उनी पक्राउ परेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा नाराबाजी गरेका छन् । आज हुने भनिएको एकता कार्यक्रम बिथोलिएपछि उनीहरूले नाराबाजी गरेका हुन्। उनीहरूले नागरिक जनमत पार्टी जिन्दावाद, रेशम चौधरीलाई रिहा गर भन्दै सरकारको विरूद्धमा नारा लगाएका छन् ।…
झापा- १७ वर्षदेखि झापाका सडक, गल्ली र चोकहरूमा गीत गाएर आफ्नो जीवनयात्रा अघि बढाइरहेका दृष्टिबिहीन गायक जेठा मुर्मुलाई कचनकवल गाउँपालिकाले मंगलबार एक थान साउण्ड सिस्टम प्रदान गर्यो। आफ्नै गाउँपालिकाबाट यस्तो सहयोग पाउँदा मुर्मुको मुहारमा खुसीको झलक थियो, तर त्यो खुसी धेरैबेर टिक्न सकेन। उनी निराश मुद्रामा गाउँपालिकाले दिएको सामग्री छाडेरै फर्किए। कार्यक्रमको दौरान उनले “रितुहरूमा तिमी…” र “आँखा छोपी नरोऊ…” जस्ता भावुक गीतहरू गाउँदा धेरैको आँखा रसाए। कार्यक्रमपछि मुर्मु स्वयंको आँखा भिजेका थिए। ती आँशुका थोपा पीडा बिम्ब थिए। “सोचेको थिएँ अब राम्रो स्पिकरमा गीत गाउन पाउनेछु,” उनले दुखेसो पोख्दै भने, “तर न त हेवी स्पीकर रहेछ, न राम्रो माइक।…
झापा- झापाको बिर्तामोडमा दिनदहाडै ढोका फोरी २९ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । सोमबार दिउँसो बिर्तामोड नगरपालिका वडा न.४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरमा कोही नभएको बेला दुईतले घरको पहिलो तलाको मूल ढोकाको ताला फुटाई चोरी भएको हो । दराजमा रहेको नगद ७० हजार, सुनको ढिक अन्दाजी ५ तोला, सुनको हातमा लगाउने ब्रासलेट १ थान, सुनको सिक्री थान २ गरी जम्मा ५ तोला, औठी थान २, चन्द्रमा ४ आनी, सुनको हार ५ तोला ४ आनी गरी जम्मा सुन १५ तोला ४ आनी गरी अन्दाजी २९ लाख बराबरको चोरी भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट…
झापा- काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा बिर्तामोडस्थित मनमोहन मेमोरियल अस्पतालको सहयोगमा मेचीनगर ६ काँकरभिट्टामा स्वास्थ्य शिविरको आयोजना गरिएको छ। मंगलबार आयोजित शिविरमा ८९ पुरुष र २१४ जना महिला गरी ३०३ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्। अस्पतालका छाती तथा फोक्सोरोगका वरिष्ठ विशेषज्ञ डा. विनय वस्तीको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोली खटिएको थियो। छाती तथा फोक्सो, जेनेरल फिजिसियन, नाक, कान तथा घाँटी, हाडजोर्नी तथा नसा, स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा सेवाग्राहीहरूले पाएका छन्। शिविर सञ्चालन गर्न अघि आयोजित औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधानसभा सदस्य तथा मनमोहन अस्पतालका उपाध्यक्ष रविन कोइरालाले अस्पतालले गाउँ/गाउँमा स्वास्थ्य सेवा पुर्याउने प्रयास गरिरहेको बताए। कार्यक्रममा बोल्दै…
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पक्षधर शक्तिहरू एक ढिक्का भएर अगाडि बढे केही महिनामै राजसंस्था पुनःस्थापना हुने दाबी गरेका छन् । सोमवार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अहिले अनुकुल समय भएको जिकिर गरे । उनले वैचारिक रुपमा देशको राजनीति राजसंस्था र गणतन्त्र पक्षधरहरु गरी दुई कित्तामा विभाजन भएको बताए । सबै स्वार्थभन्दा माथि उठेर हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका लागि लाग्न आग्रह गरे । उनले राजसंस्था पुनर्स्थापनाका लागि नयाँ ढंगबाट अभियान सञ्चालन हुने बताए ।
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा भइरहेको लुटतन्त्र र निरङ्कुशता अन्त्य गर्न सबै राष्ट्रवादी शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा, नेपाल) ले सोमवार काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले आँखाले देख्दा सबै ठिकठाक चलेको देखिए पनि मुलुक वर्तमान समयको सबैभन्दा अप्ठ्यारो अवस्थामा चलिरहेको बताए । उनले भ्रष्टाचार र कुशासनले देश आक्रान्त मात्रै नभएर भावी सन्ततिको भविष्य समेत अन्योल ग्रस्त बन्दै गएको आरोप लगाए। उनले देशको अस्मिताको रक्षाको लागि सबै देशभक्त राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी रहेको धारणा राखे। सिङ्गो देशले आफूहरूलाई आशाको नजरले हेरिरहेको बताउँदै उनले दाबी गरे । अध्यक्ष…
झापा- बिजुलीको पोलबाट नेपाल टेलिकमको तार काटिरहेको अबस्थामा तीनजनालाई सुरुङ्गा प्रहरीले पक्राउ गरेको छ । गएराति अन्दाजी ८ः३० बजे कनकाई नगरपालिका वडा नं. ३ सुरुङ्गास्थित पशुपति बोर्डिङ स्कुल अगाडी टेलिकमको तार काटिरहेको अबस्थामा चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका वडा नं. ५ बस्ने ४० वर्षीय सूर्यबहादुर कार्की, झापा गाउँपालिका वडा नं. ६ बस्ने २८ वर्षीय रुपचन्द्र राजवंशी र कनकाई नगरपालिका वडा नं. ४ बस्ने २८ वर्षीय सुरेश वि.क. रहेका छन् । टेलिकमको तार काटिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी बरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको कमाण्डमा टोली खटिएर उनीहरुलाई टेलिकमको तार र तार…
काठमाडौँ- ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् । राष्ट्रिय तथा अन्तरराष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी शृङ्खलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रुपमा परिचित छन् । मह जोडीका रुपमा उनीहरूको सहकार्यले आज वैशाख १४ गते ४५ वर्ष पूरा भएको छ । करिब आधा शताब्दीसम्म निरन्तर रुपमा जोडी बनेर दर्शकको मन जित्नसक्नु र आफ्ना लागि एउटा सम्मानित पहिचान स्थापित गर्नसक्नु नै उनीहरू दुईको इमान्दारिताको उदाहरण हो । यो ४५ वर्षको सहकार्यमा मह जोडी…
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्मै विचौलिया पुगेको कुरा प्रमाणित गर्न चुनौती दिएका छन् । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महामन्त्री थापालाई प्रधानमन्त्रीको शयन कक्षसम्मै विचौलिया पुगेको कुरा प्रमाणित गरेर देखाउन चुनौती दिएका हुन्। उनले राम्रो काम गरेको भन्न नसक्ने र धङधङ्गार बोल्ने गरेको टिप्पणी गरे । प्रधानमन्त्रीको शयन कक्षसम्मै विचौलियाको पहुँच छ भन्नेहरुप्रति दया लागेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले त्यस्ता कुरा प्रमाणित गर्न सक्नुहुन्छ भन्दै प्रश्न गरे । केही दिनअघि एक सार्वजनिक कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्रीहरुको शयन कक्षसम्मै विचौलियाको पहुँच रहने गरेको बताएका थिए ।…
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको छ । अधिवक्ता तथा पूर्व पत्रकार अनन्त लुइँटेलले आइतबार थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । सर्वोच्च प्रशासनले उनको रिट निवेदनमा मंगलबारको पेसी तोकिदिएको छ । प्रतिनिधिसभा संसदसमेत रहेका कांग्रेस महामन्त्री थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा अदालतले ‘डिल’ गरिरहेको गम्भीर आरोप लगाएका थिए । गत वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक आयोगका पदाधिकारीलाई अदालतको कार्यशैली माथि प्रश्न उठाएका थिए । ‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयहरूलाई दुई– तीन वर्षदेखि तँलाई हान्दिऊँ हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले…