काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा भइरहेको लुटतन्त्र र निरङ्कुशता अन्त्य गर्न सबै राष्ट्रवादी शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा, नेपाल) ले सोमवार काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले आँखाले देख्दा सबै ठिकठाक चलेको देखिए पनि मुलुक वर्तमान समयको सबैभन्दा अप्ठ्यारो अवस्थामा चलिरहेको बताए ।
उनले भ्रष्टाचार र कुशासनले देश आक्रान्त मात्रै नभएर भावी सन्ततिको भविष्य समेत अन्योल ग्रस्त बन्दै गएको आरोप लगाए। उनले देशको अस्मिताको रक्षाको लागि सबै देशभक्त राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी रहेको धारणा राखे।
सिङ्गो देशले आफूहरूलाई आशाको नजरले हेरिरहेको बताउँदै उनले दाबी गरे । अध्यक्ष लिङ्देनले आग्रह/पूर्वाग्रहहरू त्यागेर एक ठाउँमा बसी देशलाई निकास अगाडी बढ्न आह्वान गर्दै राप्रपा सदैव तयार रहेको जिकिर गर]।