काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पक्षधर शक्तिहरू एक ढिक्का भएर अगाडि बढे केही महिनामै राजसंस्था पुनःस्थापना हुने दाबी गरेका छन् ।
सोमवार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अहिले अनुकुल समय भएको जिकिर गरे ।
उनले वैचारिक रुपमा देशको राजनीति राजसंस्था र गणतन्त्र पक्षधरहरु गरी दुई कित्तामा विभाजन भएको बताए ।
सबै स्वार्थभन्दा माथि उठेर हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका लागि लाग्न आग्रह गरे । उनले राजसंस्था पुनर्स्थापनाका लागि नयाँ ढंगबाट अभियान सञ्चालन हुने बताए ।
Facebook Comments Box