Author: खबरमञ्च
काठमाडौं — उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत नेपालले दोस्रो जित दर्ता गरेको छ। बुधबार सम्पन्न समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८–० को प्रचण्ड जित हात पारेको हो। कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गर्दै टोलीलाई जितको दिशामा डोर्याइन् भने डिफेन्डर गीता रानाले दुई गोल गरिन्। निशा थोकर, रेखा पौडेल र पुजा रानाले पनि गोलमार्फत योगदान पुर्याए। नेपालले खेलको सुरुवातदेखि नै आक्रामक शैली अपनाएको थियो। सातौँ मिनेटमा अनिता बस्नेतको कर्नरमा गीता रानाको हेड गोलबाट नेपालले अग्रता लिएको थियो। त्यसपछि २० औँ मिनेटमा सावित्राले अनिताको लो क्रसमा गोल गर्दै स्कोर २–० बनाइन्। ४२ औँ मिनेटमा सावित्राले पुनः अनिताकै पासमा गोल…
भद्रपुर (झापा)- कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाले चालु आर्थिक वर्ष २०८१ /८२ को हालसम्ममा २० हजार चार सय ४९ दशमलव २० मेट्रिक टन रसायनिक मल बिक्री वितरण गरेको छ । शाखाका प्रमुख दीपककुमार राजबंशीका अनुसार शाखालाई चालु आवमा प्राप्त १९ हजार छ सय १९ दशमलव ५० मेट्रिक टन र गत वर्षको मौज्दात एक हजार पाँच सय ५० मेट्रिक टन रसायनिक मल रहेको थियो । उनका अनुसार हाल पनि रसायनिक मल आउने क्रम जारी रहेकाले यस वर्ष किसानलाई खेती गर्न मलको अभाव नहुने अपेक्षा गरिएको छ । शाखा कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा युरिया १२ हजार…
ताप्लेजुङ- सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते हुनुभएको स्थानीय मौसम सेलिङले जानकारी दिए । घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
झापा- रोटरी क्लब अफ मेचीनगरको आयोजना तथा मनमोहन अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा धुलाबारी माध्यमिक विद्यालयमा एक दिने अन्तरक्रियात्मक स्वास्थ्य सचेतना कार्यक्रम मंगलबार सम्पन्न भएको छ। यस कार्यक्रममा मानसिक रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ र पोषणविद्ले विद्यार्थीहरूलाई महत्त्वपूर्ण जानकारी प्रदान गरेका थिए। कार्यक्रममा मनमोहन अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सन्दर्भ अधिकारी, स्त्री रोग विभागकी डा. निर्जला तिम्सिना र पोषणविद् रोजिना चौहानले आ-आफ्नो विषयमा विद्यार्थीहरूसँग अन्तरक्रियात्मक प्रस्तुति दिएका थिए। धुलाबारी माध्यमिक विद्यालयका कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूको सहभागिता रहेको यस कार्यक्रमले उनीहरूलाई मानसिक स्वास्थ्य, महिला स्वास्थ्य र पोषणको महत्त्वबारे जानकारी गराएको थियो। रोटरी क्लब अफ मेचीनगरको वर्ष २०२४/२५ की…
झापा – झापाको बिर्तामोड नगरपालिकाको दोस्रो नगर सभाको सातौँ अधिवेशनको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न भएको छ। यस बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटसहित विभिन्न महत्त्वपूर्ण प्रतिवेदनहरू सर्वसम्मतले पारित गरेको छ। नगर सभाका सभाध्यक्षबाट बैठकको प्रारम्भ भएको घोषणा गरिएसँगै असार ९ गतेको बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रम बजेट, आर्थिक विधेयक २०८२, र विनियोजन विधेयक २०८२ माथि सदस्यहरूले व्यापक छलफल गरी आफ्ना विचार राखेका थिए। छलफलपश्चात् सभाध्यक्ष नगरप्रमुख पवित्रा महतारा प्रसाईंले ती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरेकी थिइन्। बैठकले बिर्तामोड नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नगर प्रमुख पवित्रा महतारा प्रसाईंले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई…
काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधाहरू फिर्ता गर्ने भएकी छन्। दुई कार्यकाल नेपालको राष्ट्रपति पदमा रहेकी भण्डारी हालै नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएपछि यो निर्णयमा पुगेकी हुन्। उनीनिकट स्रोतका अनुसार, भण्डारीले गृह मन्त्रालयमा पत्र पठाएर सरकारी सेवा सुविधाहरू फिर्ता लिने तयारी गरेकी छन्। यसअघि उनले नेकपा (एमाले) मा आफ्नो पार्टी सदस्यता नवीकरण गराएकी थिइन्। राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी काठमाडौंको भङ्गालस्थित आफ्नो निजी निवासमा बस्दै आएकी छन्। सक्रिय राजनीतिमा फर्किएसँगै उनले सरकारी सेवा सुविधा त्याग्ने निर्णय गरेको बुझिएको छ।
काठमाडौँ – पछिल्लो समय सामाजिक सञ्जालमा बढ्दै गएको अमर्यादित र आपत्तिजनक टिप्पणीविरुद्ध गायिका एलिना चौहानले साइबर ब्युरोको ढोका ढक्ढक्याएकी छन्। उनले आफ्नो फेसबुक पेजमा असभ्य र आपत्तिजनक कमेन्ट गर्ने व्यक्तिहरूविरुद्ध सोमबार प्रहरीको साइबर ब्युरोमा औपचारिक निवेदन दिएकी हुन्। साइबर ब्युरोका अनुसार, गायिका चौहानले आफ्नो फेसबुकमा अमर्यादित कमेन्ट गर्ने व्यक्तिहरूलाई कानुनी कारबाहीका लागि माग गर्दै निवेदन दिएकी हुन्। यस निवेदनमा चारजना व्यक्तिहरूको नाम उल्लेख गरिएको छ, जसले चौहानको पोस्टमा आपत्तिजनक टिप्पणी गरेका थिए। साइबर ब्युरोले निवेदन दर्ता भएसँगै यस विषयमा अनुसन्धान थालेको छ। ब्युरोले ती टिप्पणीकर्ताहरूले फेक एकाउन्टमार्फत कमेन्ट गरेका हुन् वा वास्तविक परिचयबाट भन्ने विषयमा गहिरो अनुसन्धान गरिरहेको जनाएको छ।…
झापा – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा झापा जिल्लाका विभिन्न विद्यालयबाट कुल ३१ जना विद्यार्थीहरूले ४ जीपीए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका छन्। देशभरबाट ९७१ जनाले ४ जीपीए ल्याएका छन्, जसमा झापाको योगदान महत्त्वपूर्ण रहेको छ। झापामा सबैभन्दा बढी ४ जीपीए ल्याउने विद्यालयमा सामुदायिकतर्फ बिर्तामोड–२ को मोहनमाया माध्यमिक विद्यालय रहेको छ। यस विद्यालयका चारजना विद्यार्थीहरू अनुपमा निरौला, अनुराग लुइटेल, अश्विन लुइटेल र एलिना तिम्सिनाले पूर्ण जीपीए ल्याएका हुन्। संस्थागत विद्यालयतर्फ इमिनेन्ट कंचनजंघा इङ्गलिस बोर्डिङ स्कुल, गौरादहका पनि चारजना विद्यार्थीहरूले ४ जीपीए ल्याउन सफल भएका छन्। उनीहरूमा हेमन्त राजवंशी, कुशल लिम्बू, मुना पाण्डे र रोशिका राजवंशी रहेका छन्।…
धरान (सुनसरी)– धरान उपमहानगरपालिका–८ मा अवस्थित हरियाली तीनढ्वाङ्गे खहरे पुल भत्किएको एक वर्ष बितिसक्दा पनि पुनःनिर्माण नहुँदा स्थानीय दैनिक ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य भएका छन्। २०८० चैतमा निर्माण सम्पन्न भएको यो पुल छ महिना नपुग्दै भत्किएको थियो, तर एक वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले मर्मत वा पुनःनिर्माणमा कुनै पहल नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन्। स्थानीयको पीडा र जोखिम: स्थानीय जीवन तामाङले पुल भत्किएको एक वर्ष भए पनि पैदलयात्रुले यहीँबाट हिँड्नुपर्ने बाध्यता रहेको बताए। “साना बच्चा, वृद्ध र बिरामी लिएर हिँड्दा निकै जोखिम हुन्छ, कहिले पुल बन्ला भन्ने आशामा छौँ,” उनले भने, “अहिले बर्खा लागिसक्यो, खोलामा बाढी आउँछ…
झापा- झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । यहाँस्थित मोतीबहादुर खड्काको एक तले टिनको घरमा सञ्चालित खड्का फर्निचर उद्योगमा विद्युत् चुहावट भइ आगलागी हुँदा करिब रू १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब परीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। आगो बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सक्रियतामा पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उद्योगमा रहेको काठ चिर्ने मेसिन र काठपात पूर्णरूपमा जलेर नष्ट भएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।