काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधाहरू फिर्ता गर्ने भएकी छन्।
दुई कार्यकाल नेपालको राष्ट्रपति पदमा रहेकी भण्डारी हालै नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएपछि यो निर्णयमा पुगेकी हुन्।
उनीनिकट स्रोतका अनुसार, भण्डारीले गृह मन्त्रालयमा पत्र पठाएर सरकारी सेवा सुविधाहरू फिर्ता लिने तयारी गरेकी छन्। यसअघि उनले नेकपा (एमाले) मा आफ्नो पार्टी सदस्यता नवीकरण गराएकी थिइन्।
राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी काठमाडौंको भङ्गालस्थित आफ्नो निजी निवासमा बस्दै आएकी छन्। सक्रिय राजनीतिमा फर्किएसँगै उनले सरकारी सेवा सुविधा त्याग्ने निर्णय गरेको बुझिएको छ।
Facebook Comments Box