Author: खबरमञ्च
बुद्धशान्ति– झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडाध्यक्षका तर्फबाट एक फेसबुक पेजमा सार्वजनिक भएका पोस्टहरूबारे वडाध्यक्षसहित पदाधिकारीहरूले आपत्ति जनाउँदै त्यसविरुद्ध कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन्। २०८२ असार १९ गते बुद्धशान्ति गापा वडा नं. १ को कार्यालयबाट कागजातमा हस्ताक्षर भएको भनेर फेसबुकमा सार्वजनिक गरिएको पोस्टप्रति आपत्ति जनाउँदै वडाध्यक्ष र पदाधिकारीहरूले प्रेस विज्ञप्तिमार्फत उक्त कार्य नियोजित बदनियतसहित गरिएको दाबी गरेका छन्। उनीहरूका अनुसार, पोष्ट गरिएको कागजमा देखाइएको हस्ताक्षर उनीहरूले नगरेको र उक्त पोस्टले सामाजिक सद्भाव विथोल्ने र आफूहरूलाई बदनाम गराउने प्रयास गरेको स्पष्ट गरिएको छ। घटनाको सिलसिलामा एक परिवारको निजी सम्पत्तिको विषयलाई गलत रूपमा राजनीतिकरण गरिएको र त्यसैको आधारमा गलत…
झापा – झापा जिल्लामा दुई वर्षअघि महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगको संक्रमण पुनः बढ्दै गएको छ। जिल्लाका १५ वटै पालिकामा फैलिएको यस रोगका कारण हालसम्म १० हजार ६१ वटा पशु चौपाया प्रभावित भएका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका अनुसार, यो रोगका कारण झापामा १४२ वटा गाईगोरुको मृत्यु भइसकेको छ। गत साताको तुलनामा यो साता अझ बढी पशु चौपाया प्रभावित भएका छन्। गत साता ६ हजार २१ वटा चौपाया प्रभावित भएकोमा यो साता ४ हजार ४० वटा थप चौपायामा संक्रमण देखिएको छ। त्यस्तै, गत साता ६८ वटा चौपायाको मृत्यु भएकोमा यो साता ७४ वटाको ज्यान गएको…
झापा- भोजपुरमा धारिलो हतियार प्रहार गरी एकै परिवारका ४ जनाको हत्या भएको छ । आज बिहान ४.३० बजे भोजपुरको रामप्रसाद राई गाउँपालिका –२ धोद्ले खानी बस्ने ६८ वर्षीय बेलबहादुर गिरीको घरमा आएका ज्वाइँ भोजपुर –२ हेलौछा स्थायी घर भएका ३० वर्षीय राजेन्द्र राईले हतियार प्रहार गरेका हुन् । उनी असार १२ गतेदेखि ससुराली घरमा बस्दै आएका थिए । आज बिहान घरायसी विवादपश्चात् राईले ससुरा बर्ष ६८ का बेलबहादुर गिरी, सासुआमा बर्ष ४५ की मन्जु गिरी, सालो बर्ष ९ का सपन गिरी र श्रीमती बर्ष १५ की मनिषा गिरीको हत्या गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी ओख्रेबाट टोली खटिएर…
झापा – झापाको मेचीनगरमा शनिवार साँझ अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। पछिल्लो समय अटो र सिटी रिक्साका कारण दुर्घटना बढिरहेका बेला यो घटना भएको हो। साँझ ५:१० बजे मेचीनगर–१२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र.१–०१–००२ ह. ५५७१ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको मे.८ प. ८०३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा–११ बस्ने ३४ वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते भएका थिए। उनलाई तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले अस्पताल पुर्याउनेबित्तिकै मृत घोषणा गरेका छन्। अटोमा सवार बुद्धशान्ति–३…
काठमाडौँ- ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको तोडमोड र अनियमितताको छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय भएको छ । सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकहरूबीच शनिवार भएको छलफलले विशेष समिति बनाउने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेपाली काँग्रेसबाट दुई, नेकपा एमालेबाट दुई, माओवादी केन्द्रबाट एक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना गरी सात सदस्यीय समिति गठन भएको बताए । समितिको नेतृत्व नेपाली काँग्रेसले गर्ने सहमति भएको पनि उनले बताए। १५ दिनभित्रमा समितिले प्रतिवेदन बुझाउनुपर्ने गरी सहमति भएको उनले जानकारी…
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले उज्वेकिस्तानविरुद्धको खेल नेपालले जित्नैपर्ने बताएका छन्। शनिवार ‘एएफसी महिला एशियन कप छनोट’ मा उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्नुअघि भर्चुअल माध्यमबाट कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जितको शुभकामना दिएका हुन्। उनले आजको खेल नेपालले जित्नैपर्ने र नेपाली महिला खेलाडीहरुको मनोबल र मानसिकता पनि जित्नै किसिमको नै रहेको बताए। महिला फुटबलरहरूले नेपालको खेल क्षेत्रको गौरव बढाएको र नेपालको प्रतिष्ठा र परिचय वृद्धि गरेको उनले बताए। उनले भने, ‘प्रधानमन्त्री ओलीले भन्नुभयो, यो खेल नेपालले जित्नैपर्छ । तपाईंहरुले मनोबल र मानसिकता जित्नै नै देखेको छु । म खुशी व्यक्त गर्न चाहन्छु । खेलको क्षेत्रबाट तपाईंहरुले ४० वर्षको इतिहासलाई एउटा उचाईमा पुर्याएर नेपालको…
झापा- आर्थिक वर्ष २०८२-०८३ देखि नियुक्त हुने कर्मचारीहरूलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ। अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ। योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ।
झापा — झापामा कोरोना भाइरसको नयाँ भेरिएन्ट फैलिन थालेपछि संक्रमण दर बढेको छ। हालसम्म जिल्लामा १२ जनामा संक्रमण पुष्टि भएको छ, जसमा ६ महिला र ६ पुरुष छन्। संक्रमितमध्ये ४ जना बिर्तामोड नगरपालिकाका हुन्। स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितहरू बिर्तामोड, मेचीनगर, कनकाई, शिवसताक्षी, भद्रपुर, बुद्धशान्ति, दोलखा र इलामका हुन्। पहिलो संक्रमण जेठ ११ गते बिर्तामोड–५ की ५२ वर्षीया महिलामा देखिएको थियो। त्यसपछि काँकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका दोलखाका ४७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो। नयाँ भेरिएन्ट फैलिएयता झापामा दुई जनाको मृत्यु भइसकेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ देखि २०८२ असार १९…
झापा- झापाको शिवसताक्षी नगरपालिका–९ मा १५ वर्षीय आदित्य तामाङ र १९ वर्षीय रोमन थापाको कुटपिटका कारण ज्यान गएको आशंका गरिएको छ। यो दुखद घटनाले गाउँ शोक र आक्रोशमा डुबेको छ। मंगलबार रोमन थापाको निधन भएको थियो। उनको अन्त्येष्टि पनि नसकिँदै बुधबार बिर्तामोडको बिएन्डसी अस्पतालमा आदित्य तामाङको पनि मृत्यु भयो। केही दिनअघि ट्युसन पढेर फर्कने क्रममा ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीले आदित्यमाथि बाटोमै कुटपिट गरेको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार पहिलो पटक सामान्य कुटपिट गरी छाडिएको भए पनि केही समयपछि फेरि बोलाएर उनलाई निर्घात कुटपिट गरिएको थियो। आदित्यका साथीहरूका अनुसार उनले कुटपिटको कुरा घरमा बताएका थिएनन्। कुटपिटको भोलिपल्ट उनले ट्युसन जान…
भद्रपुर (झापा)- झापाको बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्केका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई हात्तीले आक्रमण गरेको थियो। उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलाय झापाले जनाएको छ।