काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले उज्वेकिस्तानविरुद्धको खेल नेपालले जित्नैपर्ने बताएका छन्।
शनिवार ‘एएफसी महिला एशियन कप छनोट’ मा उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्नुअघि भर्चुअल माध्यमबाट कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जितको शुभकामना दिएका हुन्।
उनले आजको खेल नेपालले जित्नैपर्ने र नेपाली महिला खेलाडीहरुको मनोबल र मानसिकता पनि जित्नै किसिमको नै रहेको बताए।
महिला फुटबलरहरूले नेपालको खेल क्षेत्रको गौरव बढाएको र नेपालको प्रतिष्ठा र परिचय वृद्धि गरेको उनले बताए।
उनले भने, ‘प्रधानमन्त्री ओलीले भन्नुभयो, यो खेल नेपालले जित्नैपर्छ । तपाईंहरुले मनोबल र मानसिकता जित्नै नै देखेको छु । म खुशी व्यक्त गर्न चाहन्छु । खेलको क्षेत्रबाट तपाईंहरुले ४० वर्षको इतिहासलाई एउटा उचाईमा पुर्याएर नेपालको खेल क्षेत्रको गौरव थप्नुभएको छ । नेपालको प्रतिष्ठा र परिचय वृद्धि गर्नुभएको छ । फुटबल खेलतर्फ नेपालको र नेपालको मात्र नभइ बाहिरसम्मको ध्यान खिच्नुभएको छ । हामी तपाईंहरुको खेलसँगै हुनेछौँ । तपाईंहरुको मनोबल बढीरहेका हुनेछौँ ।’
प्रधानमन्त्री ओलीले नेपाल सरकार खेलकुदको क्षेत्रलाई अघि बढाउने पक्षमा रहेको बताए। आजको खेलले नेपाललाई नयाँ सिँढीमा उठाउने उनले बताए ।