Author: खबरमञ्च
काठमाडौं– सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूले राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव नगरेको बताएका छन्। शुक्रबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मिश्रले आफूले कुनै पनि अपराध नगरे पनि राज्य आफ्नो विरुद्ध लागेको महसुस गरेको बताए। उनले भने, ‘राज्य विरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव मबाट केही पनि भएको छैन, मैले आज त्यति मात्रै टिप्पणी गरेँ। म हाजिरी जमानीमा छुटेको हुँ। त्यसमा म धेरै खुसी हुने पक्षमा छैन। किनभने राज्य मविरुद्ध लागेको छ भनेर सम्मानित अधिवक्ताहरूले पनि भनिसक्नु भएको छ।’ उनले चैत १५ गतेको घटनामा…
बिर्तामोड– नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडको अध्यक्षमा तेजेन्द्र तामाङ सर्वसम्मत चयन भएका छन्। बिर्तामोड नगरपालिकाको सभा हलमा आज सम्पन्न संगठनको दोस्रो नगर अधिवेशनले तामाङको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो। तामाङ बिर्तामोड नगरपालिकाको लेखा शाखा प्रमुख हुन्। नवनिर्वाचित समितिको उपाध्यक्षमा साजन राई, सचिवमा टिका अधिकारी, सह-सचिवमा रुपमान थलङ, र कोषाध्यक्षमा हिमा खनाल रहेका छन्। सदस्यहरूमा अनु मोते, राजेन्द्र अधिकारी, सुजित शाह, गणेश तिम्सिना, पदमराज घिमेरे, दिपेश गणेश, जानुका बस्नेत, र बद्री ढकाल पनि सर्वसम्मत चयन भएका छन्। पेशागत महासंघ नेपालका राष्ट्रिय समिति सदस्य जय तिम्सिनाले अधिवेशनको ब्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। नेपाल निजामती कर्मचारी संगठन…
काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तन अब कुनै निश्चित क्षेत्र वा देशको मात्र समस्या नरहेको बताएकी छन्। काठमाडौंमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादमा बोल्दै मन्त्री राणाले जलवायु परिवर्तन विश्वव्यापी मुद्दा भएको र यसले सम्पूर्ण मानव समुदायलाई नै संकटमा पारिरहेको उल्लेख गरिन्। यो विश्वव्यापी संकटसँग लड्न कुनै पनि देशको एकल प्रयास पर्याप्त नहुने भन्दै उनले संयुक्त र सामूहिक पहलको आवश्यकतामा जोड दिइन्। मन्त्री राणाले जलवायु परिवर्तनका समस्या पहिचान गरी समाधानका लागि विश्वले एकजुट भएर काम गर्नुपर्ने बताइन्। नेपाल र विश्वको वातावरण जलवायु परिवर्तनका कारण जोखिममा रहेको उल्लेख गर्दै इमान्दार संवाद र प्रभावकारी कदमको अभावले मानवताको भविष्य नै खतरामा पर्न…
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन अब कुनै टाढाको खतरा नभई वर्तमान समयको सबैभन्दा ठूलो चुनौती भएको स्पष्ट पारेका छन्। शुक्रबार काठमाडौंमा सुरु भएको ‘सगरमाथा संवाद’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन। यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो। यसले सबै थोकलाई लपेट्छ— हाम्रो पृथ्वी, हाम्रा जनता, र हाम्रो साझा समृद्धि। कुनै पनि राष्ट्र यसबाट अछुतो छैन। कुनै पनि समाज पूर्ण सुरक्षित छैन।” उनले जलवायु परिवर्तनको असरमा नेपालको भूमिका न्यून भए पनि नेपालले नै यसको सबैभन्दा कठोर परिणाम भोगिरहेको बताए। “यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन। तर यसको सबैभन्दा कठोर…
काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ। अदालतले हाजिरी जमानीमा उनलाई रिहा गर्न आदेश जारी गरेको हो। बन्दी प्रत्यक्षीकरण रिटमाथि आज न्यायाधीशहरू डा. कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले सुनुवाइ गर्दै मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको हो। मिश्रलाई गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको आरोपमा प्रहरीले सोही दिन पक्राउ गरेको थियो। सर्वोच्च अदालतको यो आदेशसँगै उनी अब रिहा हुने भएका छन्। अदालतको आदेशः
झापा- चारआली व्यारेकस्थित अरिदमन गणका एकजना सैनिकले झुन्डिएर आत्महत्या गरेका छन्। अरिदमन गणमा कार्यरत प्यूठ रामकुमार पौडेलले बिर्तामोड बसपार्कस्थित होटल भैरवीमा बिहीबार साँझ झुन्डिएर आत्महत्या गरेका हुन्। ओखलढुङ्गा घर भएका उनले अर्जुनधारा ११ स्थित नयाँ बसपार्कको भैरबी होटलको दोस्रो तलामा रहेको कोठा नं. ३ को सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरेका हुन्। होटलका संचालक तुलसीराम श्रेष्ठले देखेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएका थिए। आत्महत्या गर्नुअघि ती सैनिकले फेसबुकमा सुसाइड नोट लेखेको बताइएको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
झापा– बैंकिङ कसूरको आरोपमा पक्राउ परेका झापा बिर्तामोडका भानु शिवाकोटी रिहा हुनेबित्तिकै पुनः पक्राउ परेका छन्। अञ्जली ओभरसिजका सञ्चालक तथा वैदेशिक रोजगार व्यवसायी संघ झापाका पूर्व अध्यक्ष शिवाकोटीलाई जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार फेरि पक्राउ गरी काठमाडौँ पठाएको हो। बिर्तामोड– ३ का कुमार दाहालले ११ लाख रुपैयाँको चेक बाउन्सको उजुरी दिएपछि शिवाकोटी आइतबार पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको थियो। दाहालसँगको मुद्दा मिलाएर रिहा हुनेबित्तिकै काठमाडौँका अर्का एक व्यक्तिको चेक बाउन्सको उजुरीका आधारमा उनलाई पुनः पक्राउ गरी काठमाडौँ पठाइएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।
झापा- महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन २०८२ अनुसार झापाका १५ स्थानीय तहमध्ये मेचीनगर नगरपालिकामा सबैभन्दा बढी ६.११ प्रतिशत बेरुजु देखिएको छ। मेचीनगरको बेरुजु रकम २२ करोड ५६ लाख १२ हजार रुपैयाँ रहेको छ। प्रतिवेदन अनुसार दोस्रो धेरै बेरुजु कचनकवल गाउँपालिकामा ४.५१ प्रतिशत (६ करोड ४३ लाख १ हजार रुपैयाँ) र तेस्रोमा बुद्धशान्ति गाउँपालिकामा ४.१० प्रतिशत (६ करोड ४४ लाख ७२ हजार रुपैयाँ) रहेको छ। सबैभन्दा कम बेरुजु बाह्रदशी गाउँपालिकामा ०.७२ प्रतिशत अर्थात् ७५ लाख ६ हजार रुपैयाँ देखिएको छ। अन्य पालिकाको बेरुजु विवरण यसप्रकार छ: बिर्तामोड नगरपालिका (३.२४%), भद्रपुर नगरपालिका (२.९८%), शिवसताक्षी नगरपालिका (१.७६%), अर्जुनधारा नगरपालिका (३.४४%), कन्काई नगरपालिका…
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। पर्यटन विभागले जनाए अनुसार महामन्त्री शर्माले यसका लागि विभागबाट हिमाल आरोहणको अनुमति लिइसकेका छन्। पर्यटन विभागका निर्देशक हिमाल गौतमले वसन्त ऋतुको जारी सगरमाथा आरोहणका लागि कांग्रेस महामन्त्री शर्माले अनुमतिपत्र प्राप्त गरेको पुष्टि गरेका छन्। आरोहण एक्सपिडिसन कम्पनीका अनुसार यस वसन्त ऋतुमा हालसम्म ५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। आज राति पनि थुप्रै आरोही शिखरमा पुग्ने तयारीमा रहेको बताइएको छ। पर्यटन विभागको तथ्याङ्क अनुसार यस वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४५ आरोही समूहका ४५८ जनाले अनुमति लिएका छन्। सगरमाथासहित अन्य २७ वटा हिमाल आरोहणका…
झापा- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध वित्तीय कारोबारमा संलग्न ७ जनालाई झापाको मेचीनगर–१० धुलाबारीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा गिफ्टोरियम नामक आयात–निर्यात कम्पनी सञ्चालन गर्दै आएका व्यापारी कविस मारु, अनुज मारु, निर्मल राई, दिपेन्द्र खड्का, महेश पौडेल, अंकित अग्रवाल र सुनिल राई रहेका छन्। सीआईबीको टोली बुधबार बिहान ७ बजेतिर धुलाबारी पुगेर पहिला ६ जना र पछि थप एक जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय झापामार्फत काठमाडौं लगिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले अवैध तरिकाले ठूलो परिमाणमा रकम परिचालन गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धानमा अर्बौँ रुपैयाँ बराबरको अवैध कारोबारमा संलग्न रहेको खुल्न…